१२ बुँदे सहमति त्रुटिपूर्णः थापा

काठमाडौं, ३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले दलहरुका बीच भारतमा भएको १२ बुँदे सहमति त्रुटिपूर्ण रहेको भन्दै मुलुकले अहिले सम्म पनि निकास पाउन नसकेको बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले पछिल्लो जनआन्दोलनको प्रारम्भ विदेशमा भएकाले आन्दोलन सफल भए पनि मुलुकमा स्थिरता कायम हुन नसकेको बताए ।
उनले भने, ‘मुलुकको राष्ट्रिय अखण्डतालाई जोगाउन अहिले राष्ट्रवादको आन्दोलन आवश्यक भएको छ ।’
उनले राष्ट्रिय राजनीतिमा आत्मसमर्पणवाद चिन्तन विकास हुँदै गएकाले राष्ट्रियता संरक्षण गर्न राष्ट्रवादी आन्दोलन आवश्यक देखिएको दोहराए ।

प्रतिक्रिया