झापामा डेढ दर्जन परिवार विस्थापित

झापा, ३ असोज । झापा जिल्लामा केही दिनदेखि परेको अविरल वर्षाका कारण डेढ दर्जन घरपरिवार विस्थापित भएका छन् ।
स्थानीय कन्काई नदीमा पानी बढे पछि कोरोबारी–२ मा करिव सात बिघा जग्गा कटान भएको छ । कटान भएका जग्गामा धान बाली लगाईएको थियो ।
नदीको कटान पछि उमेश राजवंशी, प्रमेश्वर राजवंशी, उद्गीदेवी राजवंशी, मागु, राजवंशी, दुर्गाप्रसाद राजवंशी र पाण्डव राजवंशीका परिवारलाई सुरक्षितस्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
लट्कुन, चेतलाल, सोमी, नक्सीदेवी, भोटलाल, चकेन्द्र, जितेन्द्र, मागीलाल, राजवंशीलगायत करिब २० परिवार पनि नदीको कटानबाट प्रभावित भएको छ । कटान तिव्र भए पछि प्रहरीले उनीहरुलाई दुई दिन अघि सुरक्षित स्थानमा सारेकोे हो ।

प्रतिक्रिया