परेवाका कारण बालकको मृत्यु

कैलाली, १ असोज । कैलाली जिल्लामा छिमेकीको घरमा रहेका परेवा चोर्न गएका एक बालकको छतबाट खसेर मृत्यु भएको छ ।
आइतबार मध्यराति धनगढी नगरपालिका–१ स्थित बसन्तटोल बस्ने दुर्गाबहादुर कार्कीमा रहेका परेवा चोर्ने क्रममा छतबाट बसेर एघार बर्षीय बालक उमेश चौधरीको मृत्यु भएको हो ।
मुक्त कमैया शिविरमा बस्ने सुनिता चौधरीका छोरा उमेश परेवा चोर्ने क्रममा दुई तले घरको छतबाट खसेर गम्भीर घाईते भएका थिए । उपचारका लागि तत्काल लगिए पनि आज विहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
परेवा समात्ने क्रममा परेवा धनी कार्कीले चालपाए पछि भाग्न खोज्दा उमेश छतबाट खसेर घाईते भएका थिए ।

प्रतिक्रिया