अझै डेढ साता मनसुन

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै डेढ सातासम्म मनसुन सक्रिय भई वर्षा हुने जनाएको छ ।
भारतको पश्चिम बंगालबाट पूर्वीनाका हुँदै मनसुन प्रवेश गरी महाकालीसम्म सक्रिय भई त्यसबीचमा तीन महिना २० दिन वर्षा हुने गरेको महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले बताए । श्रेष्ठका अनुसार अहिले पश्चिमी क्षेत्रमा सक्रिय रहेको वर्षा विस्तारै पूर्वतिर आउने क्रममा रहेकाले अझै डेढ साता मनसुन सक्रिय रहने जानकारी दिए ।
नेपालमा जुन १० देखि सेप्टेम्बर २३ सम्म मनसुन जारी रहने भए पनि कहिलेकाहीँ केही तल–माथि पर्ने उनको भनाइ छ । यसपटक ढिलो गरी प्रवेश गरेको मनसुन ढिलै गरी अन्त्य हुने देखिएको र त्यसैको प्रभावका कारण अहिलेसम्म पनि वर्षा जारी रहेको उनले बताए । (सौस)

प्रतिक्रिया