नौ घर जलेर नष्ट

सप्तारी : इनरुवा–९ स्थित दलित बस्तीमा आगलागी हुँदा चार परिवारका ९ वटा घर जलेर नष्ट भएका छन् । शनिबार राति भएको आगलागीमा पशुचौपायासहित करिब १५ लाख रुपियाँको धनमाल जलेको छ ।
बकाई पासवानको घरमा आगो ताप्न बालिएको घुरबाट बिहान करिब तीन बजे आगलागी सुरु भएको थियो । उक्त आगोले बकाईसहित स्थानीय रामकिसन पासवान, रामचन्द्र पासवान र हरि पासवानका गरी नौवटा घर जलेको प्रहरीले जनाएको छ । घटनामा तीन भैँसी, एक गोरु तथा घरमा रहेको अन्नपात, लत्ताकपडा, फर्निचरका सामान जलेर करिब १५ लाख रुपियाँ बराबर क्षति भएको इलाका प्रहरी कार्यालय हनुमाननगरका सई मनोज राउतले बताए । स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजविराज नगरपालिकाको बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको सई राउतले जानकारी दिएका छन् । (सौस)

प्रतिक्रिया