पहिरोले एक घरपरिवार विस्थापित

ताप्लेजुङ, ३१ भदौ । बर्षासँगै घर माथिबाट झरेको पहिरोले ताप्लेजुङको फाकुम्वा गाउँ विकास समितिमा एक घरपरिवार विस्थापित भएको छ ।
गएराति आएको पहिरोले स्थानीय रिञ्जीन शेर्पाको नौ जनाको परिवार विस्थापित भएको स्थानीय गोपाल ठाकुरले बताए ।
विस्थापित परिवार अहिले आफन्त विशाल वनेमको घरमा आश्रय लिएर बसेका छन् ।

प्रतिक्रिया