घोराहीमा बेवारीसे ग्रिनेड फेला

दाङ, ३० भदौ । दाङमा आज एउटा बेवारीसे अवस्थामा ह्याण्ड ग्रिनेड बम फेला परेको छ ।
घोराही–११ स्थित मधुवन टोल परिसरमा बम फेला परेको प्रहरीले जनाएको छ । खेल्ने क्रममा बालबालिकाले बम फेलापारे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बम कस्ले राखेको भन्ने खुल्न सकेको छैन ।
सूचना पाए लगत्तै पुगेको नेपाली सेना र प्रहरीको टोलीले बमलाई निष्कृय बनाएको छ ।

प्रतिक्रिया