आज विश्व रेडपाण्डा दिवस

ताप्लेजुङ, ३० भदौ । आज तेश्रो विश्व रेडपाण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाईदैछ । दिवसका अवसरमा ताप्लेजुमा रेडपाण्डाको संरक्षण सम्वन्धी चेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ ।
विश्वमै दुर्लभ वन्यजन्तु रेडपाण्डा पछिल्लो १९ महिनामा जिल्ला भरमा ६ वटा मरेपछि संरक्षणका लागि दीर्घकालिन योजना बनाउन दबाव परेको छ ।
रेडपाण्डा संरक्षणको क्षेत्रमा काम गरिरहेका विभिन्न संघसंस्थाले उपयुक्त योजना तर्जुमा आवश्यक रहेको बताएका छन् ।
ताप्लेजङमा तीन बर्ष यता कालिखोला गाविसमा आगलागीमा परी तीन, देउराली पाथीभरा क्षेत्रमा चार र कञ्चनजंघा संरक्षण क्षेत्रमा तीन वटा रेडपाण्डाको मृत्यु भएको छ ।
वासस्थानको विनास, छाला चोरी तस्करी जस्ता कारणले रेडपाण्डा, सिकारीको नजरमा पर्ने गरेको छ । हरेक वर्ष सेप्टेम्बर तेस्रो शनिबार यो दिवस मनाईदै आईएको छ ।

प्रतिक्रिया