सिटी सेन्टरमा गणेश पुराण

काठमाडौं : कमलपोखरीस्थित सिटी सेन्टरमा आगामी २ असोजदेखि गणेश चौथीको अवसर पारेर पुराण वाचन कार्यक्रम गरिने भएको छ । सिटी सेन्टर बिल्डिङ म्यानेजमेन्ट कम्पनीको व्यवस्थापन तथा दिव्यज्ञानका प्रधानसम्पादक पुष्प थपलियाद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
पण्डित अर्जुनप्रसाद रिमालले पुराण वाचन गर्ने कार्यक्रम रहेको सिटी सेन्टरका महाप्रबन्धक राजेश लामिछानेले बताए । पूर्वनायब बडागुरुज्यू डा. माधवप्रसाद भट्टराई, डा. शास्त्रदत्त पन्त, चिन्तामणि योगी, हरिनारायण मल्ल, जनार्दन घिमिरेलगायतले काठमाडौं उपत्यकाभित्र चार गणेश, चार नारायण, चार लोकेश्वर, चार योगिनी, चार बाराही र चार बौद्धस्थललगायतले हरेक विधामा चारधाम सिर्जना गरिएको बताएका थिए । सो अवसरमा उपत्यकामा रहेका गणेश मूर्तिको वस्तुस्थितिबारे चर्चा गरिएको थियो । (सौस)

प्रतिक्रिया