सिंहलाई राष्ट्रगौरवबाट विभूषित गर्ने निर्णय सदर

काठमाडौं : गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहलाई मरणोपरान्त राष्ट्रगौरव मानपदवी दिने सरकारको निर्णयलाई राष्ट्रपति डा. रामवरण यादवले सदर गरेका छन् । राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्तिमार्फत राष्ट्रपति डा. यादवले अन्तरिम संविधानको धारा १५२ (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा स्वर्गीय सिंहलाई राष्ट्रगौरव मानपदवीले सम्मान गरेको जानकारी गराएको हो ।
नेता सिंहको बुधबार ७७ वर्षको उमेरमा उपचारका क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण असपतालमा निधन भएको थियो । उनको निधनलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई राष्ट्रगौरव मानपदवी दिने निर्णय गर्दै स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारले यसअघि उक्त सम्मानबाट गणेशमान सिंहलाई विभूषित गरेको थियो । (सौस)

प्रतिक्रिया