सिंहलाई राष्ट्रगौरव सम्मान

काठमाडौं, २९ भदौ । राष्ट्रपति डा.रावमरण यादवले रामराजा प्रसाद सिंहलाई राष्ट्रगौरव मानपदवी प्रदान गरेका छन् ।
मन्त्रिपरिषदको सिफरिसमा डा.यादवले सिंहलाई अन्तरिम संविधानको धारा १ सय ५२ को १ बमोजिम सो मादपदवी प्रदान गरेको राष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
सरकारले दुई दिन अघि सिंहलाई राष्ट्रगौरव मानपदवी प्रदान गर्ने निर्णय गर्दै राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सिंहलाई सो मानपदवी गणतन्त्र स्थापनका लागि भूमिका खेलेको भन्दै सरकारले प्रदान गर्ने निर्णय गरेको हो ।
सिंहलाई यो मानपदवी मरणोप्रान्त प्रदान गरिएको हो । यस अघि राष्ट्रगौरवबाट २०४६ सालको आन्दोलनका कमाण्डर गणेशमान सिंह सम्मानित भईसकेका छन् ।

प्रतिक्रिया