अध्यादेश जारी गर्नु हुँदैनः बार

काठमाडौं, २८ भदौ । नेपाल वार एसोसिएसनले व्यवस्थापिका संसद र राष्ट्रिय सहमतिको अभावमा अध्यादेश जारी गर्नु संविधान सम्मत नहुने जनाएको छ ।
काठमाडौंमा आज बसेको बार सल्लाहाकार समितिको बैठकले अध्यादेश जारी गर्न नहुने सुझाव दिदै सरकारको निर्णय विरुद्ध कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ । मुलुक भरिका वकिलहरुको साझा संस्था बारको निर्णयसँग सरकारलाई केही असजिलो हुने छ ।
‘व्यवस्थापिका संसद र राष्ट्रिय सहमतिको अभावमा अध्यादेश जारी गर्नु हुँदैन,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘बाधा अड्काउ फुकाउने अधिकार संविधानको प्रत्यक्ष प्रवाधनालाई निस्कृय बनाउनका लागि होइन भन्ने सुझाव आएको छ ।’
बारले देश कानूनी शासन प्रतिकुल गन्तव्यहिन दिशामा अघि बढेको प्रत्यक्ष अनुभव भएको जनाएको छ ।
नागरिक समाजको व्यापक परिचालनका साथै बारले तत्काल प्रभावकारी कदम चाल्न पनि बैठकले सुझाव दिएको छ । सो सुझावका आधारमा बारले सरकारका गलत क्रियाकलाप विरुद्ध कार्यक्रम तत्काल सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया