दाङमा शान्ति सुरक्षा बनाउँछुः मल्ल

दाङ, २८ भदौ । दाङ जिल्लाका नयाँ प्रहरी प्रमुख एसपी लोकेन्द्रबहादुर मल्लले शान्ति सुरक्षा र आपराधिक क्रियाकलाप न्यूनिकरणका लागि आफूले सक्दो पहल गर्ने जनाएका छन् ।
जिम्मेवारी सम्हाल्न केही दिन अघि दाङ आएका मल्ले आज स्थानीय सञ्चारकर्मीसँग कुरागर्दै ऐन, कानूनलाई प्रभावकारी रुपमा प्रयोग गरेर शान्ति सुरक्षा बनाउन कृयाशिल हुने बताए । उनले आफू कुनै पनि राजनीतिक दवावमा नपर्ने बताएका छन् ।
‘भैरहेको लागूऔषध दुव्र्यशनी, चोरी पैठारी, चन्दा आतंकलगायतलाई न्यूनिकरण गर्छु,’ उनले भने, ‘जिल्लामा शान्ति सुरक्षा बनाउने मेरो पहिलो दायित्व हुने छ ।’
सुदूरपश्चिम क्षेत्रीय दंगा प्रहरी नियन्त्रक शाखाबाट दाङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न उनी आएका हुन् । मल्लको स्थायी घर भने बझाङ हो ।

प्रतिक्रिया