सत्ता मोहको शिकार संविधानसभा

कञ्चनपुर, २७ भदौ । कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले एमाओवादीको सत्ता मोहका कारण संविधानसभा विघटन भएको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियनले कञ्चनपुरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बडुले एमाओवादीले संघीयता र एकल जातीय पहिचानको विषयमा राजनीति गरेको बताए । उनले जातीय राजनीति र सत्ता मोहका कारण संविधानसभा विघठन भएको बताए ।
उनले नयाँ संविधानको घोषणा जननिर्वाचित संस्थाबाट हुनुपर्ने बताए । उनले भने, ‘पुनःस्थापना होस् अथवा नयाँ निर्वाचन होस् अर्को नयाँ सरकारले घोषणा गर्नु पर्छ ।’

प्रतिक्रिया