चरेससहित भारतीय नागरिक पक्राउ

धादिङ, २७ भदौ । धादिङमा प्रहरीले लागूऔषध चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रतिबन्धित लागूऔषध आठ किलो चरेससहित बैरेनी प्रहरीले भूमेस्थानको सिम्ले नजिकैबाट भारत कोलकता घर भएका आनन्द अग्रवाललाई पक्राउ गरेको प्रहरी सहायक निरीक्षक पदम थापाले बताए ।
अग्रवाललाई जिल्ला प्रहरी कार्यालयले प्रतिबन्धित लागूऔषध ओसारपसारसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया