भारतीय नोट सहित एक जना पक्राउ

दाङ, २७ भदौ । दाङ जिल्लामा प्रहरीले भारतीय नोट सहित एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
हलवार–२ निवासी ५८ वर्षीया भीमकान्त रेग्मीलाई प्रहरीले पाँच सयका ४९ थान भारतीय नक्कली नोट सहित पक्राउ परेको हो । मंगलबार नारायणपुर बजारबाट पक्राउ परेका रेग्मीलाई प्रहरीले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
रेग्मीले नारायणपुरका बजारमा रहेका प्रत्येक साना पसलमा पुगेर पान, सुपारी जस्ता सामान किन्दै नोट साट्दै गर्न थाले पछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । प्रहरीले उनलाई कारबाही प्रक्रिया अघि बढाई सकेको जनाएको छ ।

प्रतिक्रिया