सेप्टेम्बर ११ को स्मरण

न्युयोर्क : सन् २००१ संयुक्त राज्य अमेरिकामा चरमपन्थी सञ्जाल अल कायदाद्वारा हवाइ आक्रमण गरिएको मंगलबार एघार वर्ष पूरा भयो । सो आक्रमणमा मारिएका नागरिकको स्मरणमा न्युयोर्कमा स्मृतिसभा आयोजना गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकाको न्युयोर्कस्थित ग्राउन्ड जिरोमा रहेको टावरामा अल कायदाले हवाइजहाज ठोक्काएर आक्रमण गरेको थियो । आक्रमणमा परी मारिएका दुई हजार ९ सय ८३ अमेरिकी र केही विदेशी नागरिकको नाम ग्राउन्ड जिरोमा लेखेर राखिएको छ । सोही स्थानमा हरेक वर्षको सेप्टेम्बर ११ मा श्रद्धाञ्जली सभा आयोजना गरी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्ने गरिन्छ ।
उक्त घटनामा मारिएका नागरिकका आफन्तले ग्राउन्ड जिरोमा पुगेर दिवंगत आफन्तप्रति श्रद्धाञ्जली अर्पण गरे । मृतकको स्मृतिमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले मंगलबार बिहानै राष्ट्रपति कार्यालय ह्वाइट हाउसअगाडि मौनधारण गरे । आक्रमण भएका दुवै स्थानमा पुगेर उनले मारिएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पणसमेत गरे । आक्रमणपछि अमेरिकाले आक्रमणमा मुख्य योजनाकार ओसामा बिन लादेनको खोजीलाई विश्वव्यापी रूपमा व्यापक
बनाएको थियो । (एएफपी)

प्रतिक्रिया