दाङमा मन्त्री महतोले आश्वासन बाँडे

दाङ, २६ भदौ । राप्ती अञ्चलकै दुई ठूला अस्पतालका नव निर्मित भवनको स्वास्थ्यमन्त्री राजेन्द्र महतोले आज दाङमा उदघाटन गर्दै विभिन्न आश्वासन बाँडेका छन् ।
घोराहीमा रहेको राप्ती उपक्षेत्रीय अस्पताल र तुल्सीपुरस्थित राप्ती अञ्चल अस्पतालको महतोले उद्घाटन गरेका हुन् । सो क्रममा उनले दुवै अस्पताललाई तुरुन्तै सुविधा सम्पन्न बनाउन आफूले पहल गर्ने आश्वासन दिए ।
घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालको एक सय बेडलाई सुधार गरेर पँच सय बेड पुरा पहल गर्ने पनि उनले बताए ।
यसैवीच, स्वास्थ्य मन्त्री महतोले वर्तमान सरकार काम चलाउ रहेको भन्दै यसलाई दीर्घकाल सम्म लम्बाउन नहुने बताएका छन् ।
रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले आज गरेको साक्षत्कारमा उनले सहमतिमा नयाँ प्रधानमन्त्री आउने वित्तिकै पद छाड्न तयार रहेको बताए । उनले भने, ‘वर्तमान सरकार अर्काे नेतृत्वको पर्खाइमा छ ।’
दलहरुका वीच सहमति भए बाबुराम भटराईलाई प्रधानमन्त्रीमै राखिर रहनु पर्ने अवस्था नरहेको बताए । उनले सहमति भए भट्टराई पद त्याग्न तयार रहेको उल्लेख गरे ।
संविधानसभा पुनःस्थापनाको माग गरेका उनले विवादित विषयमा सहमति खोजेर नयाँ संविधान जारी गर्नुपर्ने बताए ।

प्रतिक्रिया