ताप्लेजुङमा ‘रेडपाण्डा’को मृत्यु

ताप्लेजुङ, २६ भदौ । विश्वमै अति सुन्दर एवं दुर्लभ मानिएको ‘रेडपाण्डा’ ताप्लेजुङमा पुनः मृत भेटिएको छ ।
फावाखोलामा रहेको लालीगुराँस महिला सामुदायिक वनमा वयस्क भाले ‘रेडपाण्डा’ मृत भेटिएको हो । २८ सय मिटरको उचाईमा भेटिएको ‘रेडपाण्डा’ आफै मरेको हुन सक्ने सहायक वन अधिकृत सुशील मण्डलले जानकारी दिए ।
मण्डलका अनुसार २ दिन अघि मरेको ‘रेडपाण्डा’को शरीरको नरम भाग अन्य वन्यजन्तुले खाइसकेको तथा टाउको र खुट्टा मात्रै बाँकी रहेको अवस्थामा फेला परेको थियो ।
‘रेडपाण्डा’लाई सोमबार मुचुल्का उठाएर जमिनमा गाडिएको छ ।
फावाखोला तथा फुरुम्बु क्षेत्रको तेर्से देउराली बाट ३ सय मिटर टाढा पर्ने सामुदायिक वनमा हेरालुहरुले २ दिन अघि मृत ‘रेडपाण्डा’ भेटेका थिए ।
पछिल्लो समय ताप्लेजुङमा ‘रेडपाण्डा’ मर्नेक्रम बढेको छ । गत वर्ष मात्रै ताप्लेजुङमा ५ वटा ‘रेडपाण्डा’ मरेका थिए ।

प्रतिक्रिया