पुनःस्थापनामा कुरा मिल्न सक्छः दाहाल

चितवन, २५ भदौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा पुनःस्थापनामा दलहरुका वीच कुरा मिल्न सक्ने बताएका छन् ।
उनले भदौ महिनाभित्रै दलहरूका बीचमा सहमति पनि हुन सक्ने बताए । उनले संविधानसभा पुनःस्थापना सबै दलहरूको केन्द्र बिन्दु मानेर सहमति हुन सक्ने सङ्केत पनि गरे ।
चितवनमा आज पत्रकारसँग कुरा गर्दै उनले पाँच बुँदेको जगमा रहेर सहमति हुने बताए । उनले दलहरूका बीच सहमतिको विकल्प नभएको भन्दै भदौ अन्तिमसम्म कुनै न कुनै बिन्दुमा पुगेर सहमति हुनु आवश्यक रहेको बताए ।
कांग्रेसका सभापति सुशील कोइरालाप्रति इङ्गित गर्दै उनले अरूलाई अविश्वास गर्नेहरूले आफ्नै पार्टीभित्र विश्वास लिन आग्रह गरे ।

प्रतिक्रिया