महिलाको शव फेला, श्रीमान् फरार

राजविराज, २५ भदौ । सप्तरीको बरमझिया गाविसमा आज बिहान एक महिलाको शव फेला परेको छ ।
बरमझिया–७ का महेन्द्र सदाकी कान्छी पत्नी २५ वर्षीया चन्द्रकलादेवी दास घरमै मृत्त अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । पति महेन्द्र सदा सहित घरपरिवारका सदस्यहरू फरार रहेको प्रहरीले जनाएको छ ।
चन्द्रकलाको हत्या आफ्नै घर परिवारबाट भएको आरोप माइती पक्षले लगाएका छन् ।
महेन्द्रकी जेठी पत्नीतर्फबाट दुई छोरा र दुई छोरी छन् । मृतक कान्छी चन्द्रकलादेवीतर्फ १० महिनाको काखे छोरा छन् ।

प्रतिक्रिया