विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा श्रेष्ठ

काठमाडौं : प्रेस काउन्सिल नेपालको अन्तर्राष्ट्रिय विभागप्रमुख तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको प्रथम उपाध्यक्षमा निर्वाचित भएका छन् । अफ्रिकी राष्ट्र तान्जानियाको दारेसलाममा सम्पन्न निर्वाचनमा श्रेष्ठविरुद्ध उम्मेदवारी दिने जिम्बाबेका उम्मेदवारले दुई मत मात्रै पाएका छन् ।
विश्व प्रेस काउन्सिलको नेतृत्वमा नेपालले हालसम्म पाएको यो सर्वोच्च पद हो । नेपालका पक्षमा अमेरिका, भारत, पाकिस्तान, तान्जानिया, साइप्रस, टर्की, जाम्बिया, केन्या, युगान्डा, मालावीले मतदान गरेका थिए । प्रथम उपाध्यक्ष निर्वाचित श्रेष्ठको कार्यकाल तीन वर्षको रहनेछ ।
त्यस्तै, काउन्सिलको अध्यक्षमा तान्जानियाका काजुबी मुकाजांगा निर्वाचित भएका छन् । यसअघिका अध्यक्ष तथा भारतीय सर्वोच्च अदालतका पूर्वन्यायाधीश जिएन रेले काउन्सिलबाट अवकाश पाएपछि उनको ठाउँमा काजबुी निर्वाचित भएका हुन् । यसैगरी, द्वितीय उपाध्यक्षमा साइप्रसका प्रोफेसर सुले अकबर निर्वाचित भएका छन् । अमेरिकाका क्रिस कोनिबियर महासचिव र टर्कीका तामेर आताबारुत कोषाध्यक्षमा पुन: निर्वाचित भएका
छन् । (सौस)

प्रतिक्रिया