गुल्मीमा बस दुर्घटना/तेह्र यात्रुको मृत्यु


काठमाडौं, २४ भदौं । गुल्मी जिल्लामा आज विहान भएको यात्रु वाहक बस दुर्घटना मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
लुम्छा भन्ने स्थानमा भएको दुर्घटनामा २८ यात्रु घाईते भएका छन् । उनीहरुको पाल्पा मिसन अस्पतालमा उपचार भईरहेको छ । घाईते घनश्याम क्षेत्रीको सृङगास्थित स्थानीय मेडिकलमा उपचार भईरहेको छ । घाईते मध्य केही यात्रुको अवस्था गम्भीर छ ।
तम्घासबाट काठमाडौं जाँदै गरेको लु १ ख ख ५५८३ नम्वरको बस नियन्त्रण गुमाएर दुर्घटना हुँदा १३ यात्रुको मृत्यु भएको हो । ११ यात्रुको घटनास्थल र दुई जनाको उपचारका क्रममा मृत्य भएको प्रहरीले जनाएको छ ।
दुर्घटना स्थल सदरमुकाम तम्घासदेखि ३२ किलो मिटर पूर्वमा पर्छ ।
तम्घास बुकिङ काउण्टरमा २४ जना यात्रुले टिकट लिएर बसमा चढेको तथ्याङकले देखिएको छ । यद्यपी बसमा विच बाटोबाट थप यात्रु चढेको गल्मी प्रहरीको भनाई छ ।
मृत्यु हुनेमा गुल्मी तम्घासका विष्ण पन्थी, मरिङ–५, अर्घाका अणबहादुर क्षेत्री, दरबारे देवीस्थान (हाल नवलपरासी बस्ने) हरिकला आर्याल, वीरवासा–८ का बेदबहादुर सुमरे, भगवती–२, अर्घाका लालकुमार श्रेष्ठ, तम्घास–३ का छमकला कुवार, अखर्लेका पेमलाल पाण्डे, तम्घासका निरज कुवर, जैशीथोककी लक्ष्मी खड्का, दुवीचौरका श्री थापालगायतको मृत्यु भएको छ ।

प्रतिक्रिया