कतारमा ४ महिनादेखि हस्पिटलको बेडमा

कतार । वैदेशिक रोजगारीका लागि कतार आएका पर्वत जिल्ला पाङ्ग न्वाराकोट–५ का ३० वर्षीय भरत मल्ल विगत ४ महिना देखि रुमिल्ल हस्पिटलको बेडमा रहेका छन् ।
अप्रिल–७ गते भएको अचानक दुर्घटनामा परेर घाईते भएका उनको अहिले सम्म उपचार भईरहेको छ । ढाड र कम्भर भन्दा तल नचाल्ने अवस्थामा हरेका मल्ल विगत ६ बर्ष देखि कतारमा कार्यरत छन् ।
डिएचएल कुरिएर सर्भिस कम्पनीमा काम गर्दै आएका उनलाई ज्याकट्रलीको हेभिलोडको सामान खेसेर चोट लागेको थियो । हाल उनको कम्भर भन्दा तल चल्दैन ।

प्रतिक्रिया