जातीय संघीयता हुनु हुँदैनः महत

नुवाकोट, २३ भदौं । कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले अन्तरिम संविधान संशोधनका लागि संविधानसभा पुनःस्थापना हुनु पर्ने वताएका छन् ।
उनले संवैधानिक जटिलता हटाउन केही दिनका लागि भए पनि संविधानसभा पुनःस्थापना आवश्यक रहेको बताए । गृह जिल्ला नुवाकोटको खानीगाउँमा आज आयोजित कार्यक्रममा महतले नेपालको अन्तरिम संविधानले वर्तमान अवस्थाको परिकल्पना नै नगरेकाले सिधै निर्वाचनमा जाने वा राष्ट्रपतिले केही गर्ने भन्ने कुनै सम्भावना नरहेको वताए ।
उनले दलहरुले विगतमा गरका कमीकमजोरीको आत्मसमीक्षा गरेर विवादित विषयमा सहमति जुटाई पुनःस्थापित संविधान सभावाट नयाँ संविधान जारी गर्नु पर्ने बताए ।
उनले भने, ‘सहमति नभएका विषयलाई नयाँ संसदको निर्वाचन गरी त्यसैबाट टुङगो लगाउन पनि सकिन्छ ।’
उनले जातीय संघीयताका नाममा नेपालीहरुको एकता माथि फूट ल्याउने गम्भीर षड्यन्त्र भईरहेको आरोप लगाए । उनले भने, ‘जिम्मेवार दलहरुले राष्ट्रिय एकतामा खलल पुग्ने गरी जनताहरुमा भ्रम छर्नु हुँदैन ।’

प्रतिक्रिया