छैटौं डिभिजनमा लडाकुको कचकच

सुर्खेत, २२ भदौ । लडाकुको अबरोध पछि सुर्खेतस्थित छैटौ डिभिजनमा सेना समायोजनको भर्ना प्रक्रिया पुनः अबरुद्ध भएको छ ।
नागरिकताको उमेर अनुसार नेपाली सेनामा भर्ना हुन नमानेर लडाकुले अवरोध गरेपछि भर्ना प्रक्रिया अबरुद्ध भएको हो । नागरिकता अनुसारको उमेरलाई मानेर भर्ना अगाडि बढाएपछि उमेरहदमा समस्या आएको छ ।
लडाकुसँगको छलफल पछि आज ढिला गरेर सुरु भएको भर्ना प्रक्रिया अन्तर्गतको फारम भर्ने काममा पुनः अबरोध आएको माओवादी लडाकुको रेखदेख समायोजन र पुनःस्थापना सम्बन्धी विशेष समितिका सदस्य दीपकप्रकाश भट्टले जानकारी दिए ।
सेनामा भर्ना हुन नागकिता अनुसार उमेर नपुग्ने लडाकुले छनौट प्रक्रियामा पटक पटक अवरोध पुराउँदै आएका छन् ।

प्रतिक्रिया