पूर्व मन्त्री चौधरीको स्वास्थ्यमा सुधार

काठमाडौं, २१ भदौ । विघटित राजपरिषद्का सभापति तथा पूर्वमन्त्री परशुनारायण चौधरीको स्वास्थ्य स्थितिमा क्रमिक सुधार आएको छ ।
अस्वस्थ्य रहेपछि गत आइतबारदेखि पाटन अस्पतालमा उपचार गराई रहेका चौधरीले सामान्य बोलचाल गर्न थालेको पत्नी मुना चौधरीले बताईन । उनले केही खानेकुरा समेत खान थालेका छन् ।
रक्तचाप, अल्काइ (पायल्स)लगायत समस्याले पीडित ८५ वर्षीय चौधरीको स्वास्थ्यमा एकाएक समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।
दाङको देउखुरी गोवरडिहाका स्थायी बासिन्दा चौधरी लामो समयसम्म नेपाली राजनीतिमा सक्रिय थिए ।

प्रतिक्रिया