बादी समुदायका विद्यार्थीबाट शुल्क असुलिँदै

कञ्चनपुर, २१ भदौ । कञ्चनपुर जिल्लाका सामुदायिक विद्यालयले बादी समुदायका विद्यार्थीबाट शुल्क लिने गरेका छन् ।
सरकारले आधारभूत तहमा निःशुल्क शिक्षा लागू गरेपनि विद्यालयले बादी समूदायका विद्यार्थीसँग सहयोगका नाममा शुल्क लिएका हुन् ।
सबैका लागि शिक्षा कार्यक्रमअन्तर्गत आधारभूत तह कक्षा एकदेखि आठसम्म निःशुल्क र माध्यमिक तहमा विद्यार्थीको अवस्थाअनुसार छात्रवृत्ति दिने व्यवस्था छ ।
कृष्णपुर गाविस–२ का विद्यालयमा अनुगमन गर्दा विद्यालयमा सरकारले निःशुल्क शिक्षा लागू गरे तापनि विभिन्न बहाना बनाई बादी समूदायका विद्यार्थीबाट शुल्क लिने गरेको स्थानीयको गुनासो छ ।
जनउत्थान प्राथमिक विद्यालयमा बादी समूदायका विद्यार्थीबाट सरस्वती पूजा, परीक्षा शुल्क, टाई, बेल्ट र सर्टिफिकेटका लागि शुल्क लिने गरिएको छ । विद्यालयका २ सय ३१ विद्यार्थीमा दलित समुदायका ५५ जना छन् ।

प्रतिक्रिया