नवजात शिशु मृत अवस्था फेला

सिरहा, १९ भदौ । सिरहाको जमदह गाविसमा सालनाल नकाटिएकै अवस्थामा मृत नवजात शिशु फेला परेको छ ।
जमदह गाविस–४ स्थित कलभटमुनि मृत अवस्थामा शिशु फेला परेको प्रहरीले जनाएको छ ।
कलभटमुनि फालेको शिशुको मृत्यु भइसकेकाले गन्हाएपछि स्थानीयवासीले इलाका प्रहरी कार्यालय गोलबजारलाई खबर गरेका थिए ।

प्रतिक्रिया