अन्तरक्रिया विपक्षीहरुद्वारा बहिष्कार

काठमाडौं, १९ भदौ । विपक्षी दल कांग्रेस र एमालेलगायतका दलहरू संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको अन्तरक्रिया बहिष्कार गरेका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको गठबन्धनले आज काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया बहिष्कार गरेका हुन् ।
उनीहरूले संघीयता पक्षधर र संघीयता विरोधीका नाममा गठबन्धन र मोर्चा बनाएर सहमति खोज्ने दिशामा भाँजो हाल्ने काम मात्र भएकाले अन्तरक्रियामा सहभागी नभएको कांग्रेस र एमालेका नेताहरुले बताए ।
कांगे्रस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले राजनीतिक र संवैधानिक संकटको अन्त्यका लागि दलहरूबीच धु्रविकरण हुने कार्यमा आफूहरु सहभागी हुने बताए ।
एमालेका प्रचार विभाग प्रमुख युवराज ज्ञवालीले संघीयता पक्षधर र संघीयताविरोधीका नाममा एमाओवादीले विभाजन ल्याएको आरोप लगाए ।
उनले सहमतिको वातावरण बिथोल्न खोजेको भन्दै वर्तमान राजनीतिक जटिलतालाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल हुनु पर्ने बताए ।

प्रतिक्रिया