मंसिर भरि भातृ संगठनका अधिवेशन

काठमाडौं, १९ भदौं । एकीकृत माओवादीले आगामी मंसिर अन्तिम साता सम्म सम्पन्न हुने गरेर आफ्ना भातृसंगठनहरुको राष्ट्रिय सम्मेलनको मिति तोकिदिएको गरेको छ ।
पार्टी मुख्यालय कोटेश्वरमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले मंसिर महिना भित्र सम्पन्न हुने गरेर भातृसंगठनहरुको सम्मेलन र स्थान तय गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
योङ्ग कम्युनिस्ट लिग (वाइसिएल)को महाधिवशन मंसिर–१५ देखि १७ गतेसम्म काठमाडौंमा हुने छ । मंसिर–९ देखि ११ गतेसम्म काठमाडौंमा अखिल नेपाल शिक्षक संगठन, मंसिर–१६ देखि १८ गतेसम्म अखिल नेपाल जनसाँस्कृतिक महासंघको सम्मेलन नेपालगन्जमा गर्ने निर्णय गरिएको सापकोटाले बताए ।
मंसिर २४ देखि २६ गतेसम्म अखिल नेपाल महिला संघको चितवनमा, मंसिर २५ देखि २८ गतेसम्म दलित मुक्ति मोर्चाको काठमाडौंमा, मंसिर २७ देखि ३० गतेसम्म अखिल नेपाल ट्रेड युनियन महासंघको काठमाडौंमा, मंसिर ८ देखि १० गतेसम्म तमु मुक्तिमोर्चाको पोखरामा र मंसिर १२ देखि १४ गतेसम्म तामाङ राष्ट्रिय मुक्तिमोर्चाको सम्मेलन काठमाडौंमा गर्ने निर्णय भएको छ ।
बैठकले महाधिवेशनका लागि एरिया समिति, जिल्ला समिति, राज्य समितिदेखि केन्द्रीय समितिसम्मको महाधिवेशन कार्यविधि बनाएको छ ।

प्रतिक्रिया