खनाल र थापावीच परामर्श

काठमाडौं, १९ भदौं । प्रमुख दलहरुका वीच गतिरोध अन्त्यलाई लिएर परामर्श भईरहेका बेला एमाले अध्यक्ष झलनाथ खनाल र राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यवहादुर थापावीच भेटबार्ता भएको छ ।
काठमाडौंको डल्लुस्थित खनाल निवासमा आज विहान भएको भेटमा वर्तमान राजनीतिक परिस्थिति र त्यसको निकासका वारेमा संक्षिप्त विचार आदान प्रदान भएको खनालका स्वकीय सचिव रामबाबु अधिकारीले जानकारी दिए ।
भेटमा राजपा अध्यक्ष थापाले खनालको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । खनालको भदौं–१६ गते पत्थरीको अप्रेसन भएको थियो ।
अप्रेसन पछि पश्चात् आफ्नै निवास डल्लुमा औषधि सेवन गरेर आराम गरी रहेका छन् ।

प्रतिक्रिया