हुम्लामा नौ सयलाई नागरिकता

हुम्ला, १८ भदौ । हुम्ला जिल्लाका चार गाविसका सर्वसाधारणलाई स्थानीय प्रशासनले घरदैलोमा पुगेर नागयरिकता वितरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरको नेतृत्वमा सदरमुकाम सिमीकोटदेखि ५० कोस पर्ने दक्षिणी भेकका मैला, मदाना, कालिका, श्रीनगर गाविसका घरमै पुगेको टोलीले ९ सय ६ जनालाई नागरिकता वितरण गरेको हो ।
समस्यामा परेका नागरिकता लिन नसकेका स्थानीयलाई घरमै पुगेर स्थानीय प्रशासनले नागरिकताको प्रमाण पत्र उपलब्ध गराएको हो ।

प्रतिक्रिया