कक्षा १२ मा साढे ३८ प्रतिशत पास

काठमाडौं, १८ भदौ । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । परिषद्ले आइतबार मानविकी, व्यवस्थापन र शिक्षा संकायको परीक्षाफल सार्वजनिक गरेको हो ।
नतिजाअनुसार नियमिततर्फ दुई लाख ३० हजार नौ सय ६४ परीक्षार्थी परीक्षामा सहभागी भएकामा ८९ हजार एक सय २५ (३८ दशमलव ५८ प्रतिशत) उत्तीर्ण भएका छन् । पाँच सय २५ जना एक्सपेलमा परेका छन् । आंशिकतर्फ एक लाख २८ हजार एक सय ९८ सहभागी भएकामा ४६ हजार सात सय ४० (३६ दशमलव ४५ प्रतिशत) उत्तीर्ण भएका छन् । एक सय १८ परीक्षार्थी एक्सपेलमा परेका छन् । राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गर्न थालेपछि परीक्षा नियन्त्रण कार्यालयले दुई दिन ढिलो परीक्षाफल प्रकाशन गरेको हो ।

प्रतिक्रिया