१२ किलो लागू औषध चरेश बरामद

पर्सा, १७ भदौ । पर्सा प्रहरीले १२ किलो अवैध लागूऔषध चरेश बरामद गरेको छ ।
गस्तीमा खट्टिएको प्रहरी टोलीले मिर्जापुर–७ बाट गएराति अवैध लागूऔषध चरेश १२ किलो बरामद गरेको हो ।
उक्त स्थानमा पुग्दा नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिहरुले प्रहरीलाई टाढैबाट देख्नासाथ २० पोका चरेश भएको झोला फालेर भागेका थिए ।

प्रतिक्रिया