नेप्से चार सयभन्दा तल

काठमाडौं १७, भदौ । नेप्से परिसूचक पुन: चार सय अंकभन्दा तल झरेको छ । गतसाता नेप्सेमा १ दशमलव ८५ अंकले मात्र वृद्धि भएका कारण यो तीन सय ९७ दशमलव ५४ अंकमा सीमित रहेको हो । योभन्दा अघि चारसयभन्दा माथि पुगेको थियो ।

गतसाता दलहरूबीच संवादको सुरुवात भए पनि यसलाई आमनागरिकले हल्का रूपमा हेर्नु तथा लगानीकर्ता राजनीतिक दलका नेता विशेषका कुराप्रति विश्वस्त हुन नसकेका कारण पनि सेयर कारोबार बढ्न नसकेको विज्ञहरूको भनाइ छ ।
तर पनि वाणिज्य बैंकले भने नाफा आर्जनमा वृद्धि गरेका छन् । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । बैंकको नाफा वृद्धिसँगै सेयर कारोबार परिसूचक चार सयभन्दा माथि पुगेको थियो । नेप्से चार सयमाथि जानुको मुख्य कारण पनि बैंकको नाफा नै थियो । बंैकहरूको वित्तीय विवरण सार्वजनिक भएपछि एक किसिमको सेयर खरिदको माहोल देखिए पनि यसले निरन्तरता पाउन सकेन । सोही कारण पनि नेप्से पुन: चार सयभन्दा तल झरेको हो ।
तर, हामीकहाँ बंैकमा उच्च तरलता हुँदा पनि ऋणी नै मारमा पर्ने र न्यून तरलता हुँदा पनि ऋणी नै मारमा पर्ने गरेको पनि दुई/तीन वर्ष भइसकेको छ । अहिले बैंकसँग तरलता बढी भएका कारण त्यस्ता संस्था ऋण लिइदिन कर्पोरेट हाउसमा पुग्नथालेका छन् । बैंकका शाखा प्रमुखलाई अहिले मासिक रूपमा कर्जा निकासको लक्ष्य दिन थालिएको छ । नेपालको बैंकिङ क्षेत्रको समस्या भनेकै तरलता समस्या हो । यसले पनि सेयर कारोबारमा केही प्रभाव पारको छ । सबै बैंकसँग यथेस्ट तरलता भएकाले बजारमा लगानी गर्ने औजारसमेत अभाव हुन थालेको छ ।
हाम्रो अहिलेको आवश्यकता भनेको दीर्घकालीन प्रकृतिको ऋण हो । सडक, रेलवे, एयरलाइन्स, होटल, जलविद्युत् कम्पनीजस्ता अर्बांै लगानी आवश्यक पर्ने परियोजनामा लगानी गर्न नेपाली बैंकहरू एकआपसमा गाभिनुपर्ने आवश्यकता छ । पश्चिमसेतीजस्ता ठूला परियोजनामा नेपाली बैंकले लगानी गर्न बंैकहरू मर्ज हुनुको विकल्प छैन । यस्ता परियोजनामा निजी क्षेत्रका बैंकले मात्र नभई कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लागनी कोष, राष्ट्रिय बिमा संस्थानजस्ता संस्थाले पनि लागनी गर्नुपर्ने खाँचो बढेको छ । सरकारी स्वामित्वका यी कम्पनीले सहवित्तीयकरणको अवधारणअन्तर्गत अर्बौं रुपियाँको काम गर्न सक्छन् ।
वाणिज्य बैंकले आफ्नो खराब कर्जालाई औसत १ दशमलव ९८ प्रतिशतमा राख्न सफल भएका छन् । अघिल्लो वर्ष वाणिज्य बैंकको खराब कर्जा प्रतिशत २ दशमलव ५ प्रतिशतसम्म रहेको थियो । निक्षेप संकलन लागत विस्तारै बढ्दै जानु, खराब कर्जा असुलीमा प्रगति हुनु एवं विस्तारै सुलभदरमा कर्जा विस्तारलाई बढाउँदै लगेकाले बैंकको नाफामा वृद्धि भएको हो ।

दुई अंकले बढ्यो
काठमाडौं : नेपाल स्टक एक्सचेन्जमा गतसाता एक सय १७ कम्पनीको कारोबार भएको छ । जसमा पाँच हजार तीन सय २८ कारोबारबाट २० करोड २३ लाख ६४ हजार हजार रुपियाँ बराबर ६ लाख २६ हजार सात सय ७० कित्ता सेयर खरिदबिक्री भएका छन् ।
यसअघि एक सय १७ कम्पनीका कारोबार भएका थिए । जसमा ६ हजार चार सय ७७ कारोबारबाट ३६ करोड ७८ लाख ३३ हजार रुपियाँ बराबर १३ लाख १८ हजार एक सय ३५ कित्ता सेयर खरिदबिक्री भएका थिए । कारोबार रकममा गतसाताका तुलनामा ४४ दशमलव ९८ प्रतिशतले र्‍हास हो । कुल कारोबारमध्ये ‘क’ वर्गका कम्पनीको मात्र १३ करोड ६ लाख रुपियाँ बराबर कारोबार भएको छ । यो कुल कारोबारको ६४ दशमलव ५७ प्रतिशत हो ।
गत साताको नेप्से परिसूचक पहिलो दिनका तुलनामा एक दशमव ८५ अंकले वृद्धि भई अन्तिम दिन तीन सय ९७ दशमललव ५४ मा झरेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनका तुलनामा शून्य दशमलव ३८ अंकले वृद्धि भई एक सय दशमलव ८४ अंकमा पुगेको छ । गत साता कारोबार रकमतर्फ दुई करोड ७९ लाख रुपियाँका आधारमा चिलिमे हाइड्रो पावर कम्पनी अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयरतर्फ ३९ हजार कित्ताका आधारमा सहयोगी विकास बैंक अग्रस्थानमा छ । त्यसैगरी कारोबार संख्या तीन सय ६४ वटाका आधारमा कन्ट्री विकास बंैक रहेको नेप्सेले जनाएको छ । साताका उत्कृष्ट पाँच कम्पनीमा चिलिमे हाइड्रो पावर कम्पनी, बैंक अफ काठमाडौं एभरेस्ट बंैक, बुटवल पावर कम्पनी र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् । गतसाता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कारोबार हुन सकेन । सेयर सूचीकरणतर्फ नेपाज कन्जुमर डेभलपमेन्ट बंैक रहेका छन् ।

प्रतिक्रिया