चितवन कांग्रेसमा गुरुङ विजयी

चितवन, १६ भदौ । चितवन कांग्रेसको सभापतिमा टेकप्रसाद गुरुङ निर्वाचित भएका छन् ।
उनले प्रतिद्वन्द्वी विकास कोइरालालाई पराजित गरेका हुन् । गएराति सम्पन्न विशेष अधिवेशनमा खसेको ५ सय २२ मत मध्ये गरुङले ३ सय ६७ मत प्राप्त गरेका थिए । उनको प्रतिद्वन्द्वी कोइरालाले १ सय ४० मत मात्रै प्राप्त गरे ।
मतदानमा १५ मत बदर भएको थियो भने ५४ मतदाता अनुपस्थित रहेका थिए ।
सचिवमा जीतनारायण श्रेष्ठ, कोषाध्यक्षमा सुरवीर पोखरेल विजयी भएका छन् ।

प्रतिक्रिया