तनहुँमा ज्वरोबाट तीन गाविस प्रभावित

दमौली, १६ भदौ । तनहुँ जिल्लाका तीन गाविसका बासिन्दा ज्वरोका कारण प्रभावित भएका छन् ।
छाङ, मनपाङ र जामुने गाविसका बासिन्दा ज्वरोबाट प्रभावित भएको थर्पु स्वास्थ्य चौकीका इन्चार्ज ऐश्वर्यचन्द्र भट्टराईले बताए ।
उनका अनुसार दैनिक ३०–३५ जना ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् ।
स्वास्थ्य चौकीमा भन्दा निजी क्लिनिकमा ज्वरोका बिरामी बढी आउने गरेको उनको भनाई छ ।

प्रतिक्रिया