समाधिस्थलमा तीन सय विरुवा रोपियो

इलाम, १६ भदौ । विरुवा रोपौं वातावरण जोगाऊ भन्ने नाराका साथ किरात याक्थुङ्ग चुम्लुङ्गले आफ्नो २४ औं स्थापना दिवसका अवसरमा आज इलामको बरबोटेस्थित शनिसारे डाँडामा वृक्षरोपण गरेको छ ।
लिम्बूहरुको ऐतिहासिक समाधिस्थलको रुपमा रहेको शनिसारे डाँडामा उत्तीस, मलाते, लौठसल्ला, धूपी, साज, लप्सी, कपुरलगायतका तीन सय विरुवाहरु रोपिएको छ ।
लिम्बूहरुको समाधी गर्दा प्रयोग गर्ने कंक्रिटको घर बनाउने परम्परालाई परिमार्जन गरेर ‘एक चिहान एक विरुवा’ अभियान अनुरुप सो क्षेत्रमा विरुवा रोपिएको चुम्लुङ्गका कार्यवाहक अध्यक्ष अभिषेक येक्तेनले बताए ।
‘समाधिस्थलमा कंक्रिट प्रयोग गर्दा जमिनको पुनः प्रयोग सकिन्छ’ उनले भने, ‘निकट भविष्यमा जमिन सकिने भएकाले कंक्रिटको घर निर्माणको साटो विरुवा रोप्ने अभियान सुरु गरेका छौं ।’
वर्षौंदेखि किरात लिम्बूहरुको समाधिस्थलको रुपमा रहेको शनिसारे डाडाँ ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ । सौर्य

प्रतिक्रिया