कांग्रेस महामन्त्री सिंह भारत प्रस्थान

काठमाडौं, १५ भदौं । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंह भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
उपचारका लागि नयाँ दिल्ली गएका सिंहले भारतीय नेताहरुसँग पनि भेट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । भारतीय नेताहरुसँगको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत परामर्श हुने बुझिएको छ ।
विभिन्न राजनीतिक दलका नेताहरु भारत भ्रमणका लागि नयाँ दिल्ली जाने क्रम बाक्लै भएका समयमा कांग्रेस महामन्त्री सिंह पनि त्यस तर्फ गएका हुन् ।
नेविसंघका प्रवक्ता तथा सिंहका सहयोगी युपी लामिछानेका अनुसार महामन्त्री सिंहले नयाँ दिल्लीस्थित मेदन अस्पतालमा निद्रा सम्बन्धी रोगको उपचार गर्ने छन् । सिंहलाई निद्रा सम्बन्धी रोग रहेको छ ।

प्रतिक्रिया