विवाद पछि पति/पत्नीले आत्महत्या गरे

बैतडी, १५ भदौ । बैतडी जिल्लामा घरायसी विवादका कारण एक दम्पत्तीले आत्महत्या गरेका छन् ।
गाँजरी–४ बस्ने ३८ बर्षीय टीका धामी र उनकी पत्नी ३३ वर्षीय गोमती धामीले आज विहान आत्महत्या गरेका हुन् ।
पति टीकाले बिषादी सेवन गरेका थिए भने पत्नी गोमती झुन्डिएर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया