राजपा महामन्त्री विष्ट पद मुक्त

काठमाडौं, १५ भदौ । राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले महामन्त्री केशरबहादुर विष्टलाई पदबाट मुक्त गरेका छन् ।
पार्टी हित विपरितका कार्य गरेको भन्दै अध्यक्ष थापाले विष्टलाई महामन्त्री पदबाट हटाएका हुन् ।
उनले विष्टलाई पठाएको पत्रमा भनिएको छ, ‘महामन्त्रीको हैसियतमा पार्टीको हित विपरीत गतिविधि गर्नु भएकाले आजैदेखि तपाईलाई पदमुक्त गरिएको छ ।’

प्रतिक्रिया