भारतीय नागरिकद्वारा छुरा प्रहार

धनकुटा, १३ भदौ । धनकुटा जिल्लामा एक जना व्यापारीलाई भारतीय नागरिकले छुरा प्रहार गरेर घाईते बनाएका छन् ।
व्यापारको बिषयमा विवाद हुँदा धनकुटा बसपार्कमा भारत छाप्रा घर भएका ३० बर्षीय प्रमोदप्रसाद साहले गंगाराम विश्वकर्मालाई आज छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।
गम्भीर घाईते तरहरा–२, सुनसरीका ६७ बर्षीय विश्वकर्माकोे जिल्ला अस्पताल धनकुटामा प्राथमिक उपचार भएको छ । उनलाई थप उपचारका लागि वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
छुरा प्रहार गर्ने भारतीय नागरिक साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया