प्रधानमन्त्री इरान प्रस्थान

काठमाडौं, १३ भदौं । असंलग्न आन्दोलनको १६ औं शिखर सम्मेलनमा भाग लिन कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराई इरान प्रस्थान गरेका छन् ।
तेहरानमा हुन लागेको सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर भट्टराई आज विहान त्यस तर्फ प्रस्थान गरेका हुन् । सम्मेलन भदौ–१४ र १५ गते हुने छ ।
भट्टराई इरान प्रस्थान गरेपछि उनको जिम्मेवारी कार्यबाहक प्रधानमन्त्रीका रुपमा उपप्रधानमन्त्री विजय गच्छदारले सम्हाल्ने छन् ।

प्रतिक्रिया