गोलमेच सम्मेलन नभए आन्दोलन

दाङ, १२ भदौ । नेकपा—माओवादीका उपाध्यक्ष सिपी गजुरेलले संविधान निमार्ण र राजनीतिक संकट अन्त्यका लागि गोलमेच सम्मेलननै उचित विकल्प रहेको बताएका छन् ।
दाङमा आज आयोजित कार्यक्रममा उनले गोलमेच सम्मेलन गरेर राजनीतिक निकास निकाल्नुपर्ने बताए ।
गोलमेच सम्मेलनको प्रयास असफल भएमा दबावका लागि आफूहरुले चरणबद्ध आन्दोलन सिर्जना गर्ने चेनावनी समेत दिए । उनले भने, ‘हाम्रो प्रस्तावलाई एमाओवादी, कांग्रेस, एमालेलगाएत दलले उपयुक्त भने आमरुपमा स्वीकार गर्न सकेका छैनन् ।
उनले कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराइले पद त्याग गरेर बाटो खोलिदिनुपर्ने समेत उल्लेख गरे ।

प्रतिक्रिया