खोप लगाएपछि बालकको मृत्यु

म्याग्दी, १२ भदौ । डोटी जिल्लामा खोप लगाएकै कारण चार जना दुधे बालबालिकाको ज्यान गएको हप्ता दिन नवित्दै खोपकै कारण म्याग्दी जिल्लामा पनि एक बालकको मृत्यु भएको छ ।
म्याग्दी पाखापानी–४ घर भई पर्वत जिल्ला धाइरिङ–३ माइतीघर आएकी गीता बिकको ३ महिनाका छोरा दिनेश बिकको खोप लगाए पछि मृत्यु भएको प्रहरीले जनाएको छ ।
म्याग्दीको धाइरिङ उपस्वास्थ्य चौकीमा भदौ–११ गते डिपीटी पहिलो खोप लगाए लगत्तै दिनेशको सोमबार मध्यराति मृत्यु भएको हो ।
खोपका कारण बालकको मृत्यु भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।
यस अघि डोटी जिल्लामा खोप लगाउँदा चार बालबालिकको मृत्यु भएको थियो ।

प्रतिक्रिया