भट्टराईले पद त्याग गर्नुपर्छः गजुरेल

दाङ, ११ भदौ । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले माग प्रसस्त गर्न पद त्याग गर्नै पर्ने बताएका छन् ।
दाङमा आज आयोजित कार्यक्रममा उनले भट्टराई कुर्सीमा बसिरहनुको कुनै औचित्य नभएको बताए । उनले भने, ‘मुलुकलाई निकास दिन भट्टराईले पद छाड्नु पर्छ ।’
वर्तमान सरकारले राष्ट्रघाती सम्झौताहरु गरेको आरोप लगाउदै उनले राष्ट्रिय स्वाधिनता, जनगणतन्त्रलगाएतका बिषयका पक्षमा राष्ट्रवादी शक्तिहरु एकीकृत हुनु पर्ने बताए ।

प्रतिक्रिया