आन्तरिक विवाद पछि पत्नीको हत्या

भक्तपुर, ११ भदौ । आन्तरिक विवाद पछि भक्तपुरमा आज विहान एक व्यक्तिले आफ्नै पत्नीको गोली हानी हत्या गरेका छन् ।
पत्नीको हत्या पछि पति राजेश देउलाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । भक्तपुर नगरपालिका–११, भेलुखेल बस्ने ३२ बर्षीया शोभा देउलालाई आज विहान साढे आठ बजे पति राजेशले गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
परपुरुषसँग यौन सम्बन्ध राखेको आरोपमा राजेशले पत्नी शोभालाई गोली प्रहार गरेको प्रारम्भीक अनुसन्धनबाट खुल्न आएको प्रहरी भनाई छ ।
प्रहरीले घटनास्थलमा शवसँगै १ थान गोलीको खोका र रगतका टाटाहरु फेला परेको थियो ।
यता, ललितपुरमा आफ्नै श्रीमानलाई छुरा प्रहार गरेको अभियोगमा इमाडोल–१ बस्ने रामेछाप जिल्ला घर भएकी सानुमाया आले मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
उनले गएराति ६० बर्षीय श्रीमान निकबहादुर आलेमगरलाई घरायसी झगडामा छुरा प्रहार गर्दा घाइते भएका थिए ।

प्रतिक्रिया