रक्तश्रावले महिलाको मृत्यु

जाजरकोट, ११ भदौ । सुत्केरी हुनु अगावै अत्याधिक रक्तश्राव हुँदा जाजरकोटमा एक महिलाको ज्यान गएको छ ।
पश्चिम जाजरकोटको झाप्रा–६, खलटाकुरा की ३७ वर्षीया मीना पुन मगरको सुत्केरी हुनु अगावै अत्याधिक रक्तश्राव हुँदा आज विहान मृत्यु भएको राम माध्यामिकि विद्यालय झाप्रा–७ का शिक्षक हेमन्त केसीले बताए ।
भादौं अन्तिम साता मात्र बच्चा जन्मिने स्वास्थ्यर्मीले बताएपनि मीनलाई करिब दुई साता अघि देखि नै रक्तश्राव हुन थालेको पति पूर्ण बहादुर पुन मगरले जानकारी दिए ।
निम्नवर्गीय परिवारकी मीनाले यसअघि पनि पाँच सन्तानको जन्म दिईसकेकी छन् ।
उचित स्वास्थ्य सुविधा तथा परामर्श र जनचेतनाको अभावले जाजरकोटमा वर्षेनी दर्जनौँ महिलाहरुको अकालमा ज्यान जाने गरेको छ ।

प्रतिक्रिया