बोक्सीको आरोपमा हत्या

मोरङ, ११ भदौ । मोरङको महादेवामा आफ्नै सालाले बोक्सीको आरोपमा भिनाजुको हत्या गरेका छन् ।
महादेवा–५ का अन्दाजी ४५ वर्षीय अमरलाल कोइरीले सोही ठाउँ बस्ने ५० वर्षीय ओभिलाल कोइरीको साउन १४ गते हत्या गरेको प्रहरीले जनाएको छ ।
एक्कासी गाउँबाट हराएका ओभिलालको शव साउन २३ गते बोरामा हालेर गाडेको अवस्थामा फेला परेको थियो ।
गाउँमा आलु प्याजको सामान्य व्यापार गरी धामीझाँक्रीको समेत काम गर्दै आएका ओभिलाल लामो समय बिना सूचना हराएपछि उनको घरपरिवार र गाउँमा खोजी भएको थियो ।
शंकाको आधारमा प्रहरीमा जाहेरी दिएपछि खोजतलास गर्दा ओभिलालको शव खेतमा गाडेको अवस्थामा फेला परेको हो ।
हत्यामा संलग्न भएको पोल खुलेपछि महादेवा–५ का फागुनान्द ताजपुरिया, मंगलबहादुर ताजपुरिया, तीनताल ताजपुरियासहित पाँचजना फरार छन् ।

प्रतिक्रिया